२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
वाफ महिला च्याम्पियनसिप

वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाई ब्रेकरमा पराजित

images

  • २०८० फागुन १८, शुक्रबार
  • 2.1K
    SHARES
  • वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाई ब्रेकरमा पराजित

    काठमाडौँ : वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। केही बेर अघि साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा नेपाल जोर्डनसँग टाई ब्रेकरमा ५–३ गोलले पराजित भएको हो । जोर्डन छैटौँ पटक उपाधि जित्न सफल भएको छ। नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो।

    टाई ब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले बराबरी गोल गरिन। त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा नेपालकी दिपा शाहीले पनि गोल गरिन। त्यसपछि जोर्डनको लगातार दुई प्रहार गोलमा परिणत भएको थियो तर नेपालकी हिरा भुजेलले गोल गरे पनि अमृता जैशीले भने गोल गर्न सकिनन्। जोर्डनको पाँचौँ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो।

    त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो। नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन्। अनिता बस्नेतको स्थानमा खेलिरहेकी सविताले नेपालका लागि पहिलो गोल गर्न सफल भएकी थिइन्। 

    त्यस्तै, खेलको ७४औँ मिनेटमा जोर्डनकी लाना फेरासले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याइन। त्यसपछि खेलको ८९औँ मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्‍यो । जोर्डनका लागि साराह अबु साबाहले गोल गरिन। तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमा नेपालकी गीता रानाले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो। जोर्डनकी जबाराहले बक्समा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो। 

    यसअघि नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ गालले  हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको हो। जोर्डन प्यालेस्टाइनलाई ५–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। फिफा बरीयतामा नेपाल एक सय पाँचौँ स्थानमा छ भने जोर्डन ७४औँ स्थानमा छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ