२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य, जैसवालको कीर्तिमानी शतक

images

  • २०८० असोज १६, मंगलबार
  • 1.3K
    SHARES
  • भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य, जैसवालको कीर्तिमानी शतक

    असोज १६, काठमाडौं : १९ औं एसियाली खेलकुद अन्तर्गत टी २० क्रिकेट क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ। झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले २० ओभरमा ४ विकेट गुमाउदै  २०२ रन बनाएको छ।

    पहिलो विकेटका लागि जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भएका थिए।

    नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेको भारतका ओपनर यशस्वी जैसवालले शतक पूरा गरेका थिए। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै एक सय रन बनाएका थिए। 

    तिकल बर्मा २ रनमा आउट भए भने जितेश शर्मा ५ रन बनाएर पभेलियन फर्किएका थिए। शिवम दुबे २५ र रिंकु सिंह ३७ रन बनाएर नटआउट रहेका थिए।

    बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट, सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिएका थिए।

    नेपालको प्लेइङ - ११

    आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

    भारतको प्लेइङ - ११ 

    ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह,जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ