२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

images

  • २०८० असोज १६, मंगलबार
  • 1.1K
    SHARES
  • १९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

    असोज १६, काठमाडौं : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन्।

    महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन्। आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल पराजित भयो। महिला सिङ्गल्समै नेपालकी अनुमाया राई थाइल्यान्डकी पोर्नपावीसित २१–१० र २१–४ अङ्कले पराजित भइन्।

    यस्तै, महिला डबल्सतर्फ नेपालका नीता लम्साल र नङ्सल तामाङको जोडी चाइनिज ताइपेईका चिङ या सु र चिन वान लिनको जोडीसित २१–१ र २१–५ अङ्कले तथा नेपालका रशिला महर्जन र अनुमाया राईको जोडी इन्डोनेसियाका द्विपुजी कुसुमा फेब्रियन र काहाया प्रतिवी अमालियाको जोडीसित २१–३ र २१–७ अङ्कले पराजित भए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ