२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
फुटबल

जहा रोनाल्डो त्यहा बिबाद : फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई दिए धक्का

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 1.3K
    SHARES
  • जहा रोनाल्डो त्यहा बिबाद : फोटो खिच्न खोज्ने विपक्षी टिमका सदस्यलाई दिए धक्का

    २६ वैशाख, काठमाडौं । साउदी अरेबियन क्लब अल नासरमा आबद्ध रहेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अल खालिजसँग १–१ को बराबरी पश्चात विपक्षी टिमका एक सदस्यलाई दुर्व्यवहार गरेका छन् ।

    उनले अल खालिजका प्रशिक्षण टिमका एक सदस्यलाई धकेलिदिएका हुन् । खेलमा खासै राम्रो प्रदर्शन दिन नसकेका रोनाल्डोसँग फोटो खिच्ने इच्छा जाहेर गरेका व्यक्तिलाई उनले धकालिदिएका हुन् ।
    केएसयू स्टिेडियममा खेल पश्चात ३८ वर्षीय रोनाल्डोले अर्को टिमको खेलाडीसँग हात मिलाउँदै जर्सी आदनप्रदान गरे । उनी त्यति बेलासम्म सामान्य रहेका थिए ।

    तर अल खिलालका कोचिङ स्टाफले फोटो खिच्न अनुरोध गर्दै बोलाएका थिए । रोनाल्डोले अस्वीकार गर्दा पनि कर्मचारीले फोटोका लागि बारम्बार आग्रह गरेपछि उनले ती कर्मचारीलाई धकेलिदिएका हुन् । 

    ronaldo.jpeg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ