काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज नेदरल्याण्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएका थियो।
नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भएका थिए। बलिङमा नेपालक लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिएका थिए। त्यस्तै, कुशल मल्ल र करण केसीले समान २/२ विकेट तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए।
नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाएका थिए। त्यस्तै, टिम भान डर गगटेनले २४ रन, स्कट एडवर्डस्ले १८ रन तथा भ्यान डर मर्वे २३ रन बनाएका थिए।



