२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

images

  • २०८० फागुन २२, मंगलबार
  • 1.0K
    SHARES
  • टी-२० शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

    काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्। आज त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्स बिचको खेल ११:३० बजेदेखि सुरु हुनेछ। 

    नेपालले घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि जित्न चाहन्छ। नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुगेको हो। नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो।

    नेपाल र नेदरल्यान्ड्सबीच ११ टी-२० आई खेल भएका छन् जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ भने एक खेल नतिजा विहीन छ। त्रिवि मैदान कीर्तिपुरमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी-२० आई खेल भएका छन् जसमा नेपाल ३ खेलमा विजयी भएको छ। 

    लिग चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदा दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ