२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ४ विकेटले पराजित

images

  • २०८० फागुन २२, मंगलबार
  • 846
    SHARES
  • फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल ४ विकेटले पराजित

    काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको उपाधि नेदरल्यान्ड्स जित्न सफल भएको छ भने घरेलु मैदानमा नेपालले नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो। जितका लागि पाएको १ सय ८५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो। 

    नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ५४ रन, साइब्रान्ड एन्गेलब्रेच्टले ५८ रन बनाएका थिए। नेपालका लागि बलिङमा कुशल मल्लले सर्वाधिक ४ विकेट लिएका थिए भने अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरी समान १/१ विकेट लिएका थिए। 

    यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। नेपालका आसिफ शेखले ४७ रन, गुल्सन झाले ३४ रन, कुशल मल्लले २६ रन, कप्तान राेहित पाैडेलले २५ रन, कुशल भुर्तेलले २० रन बनाएका थिए।

    बलिङमा नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन, माइकल लेभिट र साइब्रान्ड एन्गेलब्रेच्टले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ