२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

images

  • २०८० असोज १९, शुक्रबार
  • 881
    SHARES
  • भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

    असोज १९, बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

    मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

    उहाँले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई रु १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिनुभयो। प्रधानमन्त्री दाहालले भन्नुभयो, “राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ।”

    भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ।” 

    प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

    भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उहाँले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताउनुभयो। स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उहाँले बताउनुभयो।

    प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसअघि गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा गरिएको पुनःनिर्माण जस्तै स्थानीय सामग्री प्रयोग गरी काम अघि बढाइनेछ। सरकारी, विद्यालय तथा स्वास्थ्य संस्थाको पुननिर्माण गरिनेछ। सबै संरचना भूकम्प प्रतिरोधी हुनेछन्।” सो क्रममा उहाँले विश्व खाद्य कार्यक्रमले सहयोग गरेको पोषणयुक्त बिस्कुट जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ