काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मंगलबार भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।
बैंगलोरले दिएको २०० रनको चुनौती जुन मुम्बई इन्डियन्सले १६.३ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा सूर्य कुमार यादव र नेहाल वाडेराले उत्कृष्ट ब्याटिङ महत्त्वपूर्ण भयो । सूर्य कुमार यादवले सर्वाधिक ८३ रन बनाउने क्रममा ३३ बल खेल्दै ७ चौका र ६ छक्का प्रहार गरे भने नेहालले अविजित ५२ रन बनाउने क्रममा ३४ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर इशन किशनले २१ बलमा ४२ रन जोडे । बेंगलोरका लागि ग्लेन म्याक्सवेल र कप्तान फाप डु प्लेसिसले अर्धशतक प्रहार गरेका थिए ।
आइपिएलको ५४ औँ खेल जितेसँगै मुम्बई ११ खेलमा छ खेल जितेर अङ्क तालिकामा तेस्रो नम्बरमा पुगेको छ र प्लेअफमा पुग्ने सम्भावनालाई कायम राखेको छ । हारसँगै बेंगलोर ११ खेलबाट १० अंकसहित सातौँ नम्बरमा आइपुग्यो।