२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य

images

  • २०८० असोज २२, सोमबार
  • 1.0K
    SHARES
  • न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई दियो ३२३ रनको लक्ष्य

    असोज २२, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज नेदरल्यान्ड्स र न्युजिल्यान्डबीच खेल भइरहेको छ। न्युजिल्यान्डले नेदरल्यान्ड्ससामु जितका लागि ३२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

    भारतको हैदरावादमा न्युजिल्यान्डले टस हारेर ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनाएका थिए। न्युजिल्यान्डका लागि विल योङले सर्वाधिक ७० रनको योगदान दिएका थिए।

    यस्तै, कप्तान टम लाथमले ४६ बलमा १ छक्का र ६ चौकासहित ५३ रन, रचिन रविन्द्रले ५१ बलमा ३ चौका र १ छक्कासहित ५१ रन, डार्यल मिचेलले ४७ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ४६ रन तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाएका थिए। यसैगरी, डेभन कन्वेले ४० बल खेल्दै १ छक्का र ५ चौकाको मद्दतमा ३२३ रनको योगदान दिएका थिए।   

    बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले २/२ तथा बास डी लिडेले १/१ विकेट लिएका थिए। जारी प्रतियोगितामा न्युजिल्यान्ड र नेदरल्यान्ड्सको यो दोस्रो खेल हो।

    न्युजिल्यान्ड पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्स भने पहिलो खेलमा पाकिस्तानसित ८१ रनले पराजित भएको थियो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ