असोज २४, काठमाडौँ : ओपनर अब्दुल्लाह शफिक र विकेटकिपर मोहम्मद रिजवानको शतकमा पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप २०२३ मा श्रीलंकामाथि ६ विकेटको कीर्तिमानी जित हात पारेको छ। विश्वकप इतिहासमा पहिलो पटक चार शतक बनेका छन्।
खेलमा श्रीलंका र पाकिस्तानका २२ ब्याट्सम्यानले शतक बनाएका थिए। विश्वकप इतिहासकै सर्वाधिक ठूलो लक्ष्य सफलता पूर्वक पूरा गर्दै पाकिस्तानले विश्वकपमा सुरुवाती दुबै खेलमा जित हात पारेको हो।
जितका लागि श्रीलङ्काले दिएको विश्वकप इतिहासकै ठूलो लक्ष्य ३४५ रन पाकिस्तानले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। रिजवान १३१ रनमा र शफिकले १ सय १३ रन बनाएका थिए। बलिङमा श्रीलङ्काका दिलशान मदुशानकाले २, महेष थिक्सना र मथिसा पाथिरानाले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो। श्रीलङ्काका कुशल मेन्डिसले १२२ रन र सदिरा समरा विक्रमाले १०८ रन बनाएका थिए। बलिङमा पाकिस्तानका हसन अलीले ४ विकेट र हरिस रौफले २ विकेट लिएका थिए।



