२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

रोहितको कीर्तिमानी शतकमा भारतको सानदार जित

images

  • २०८० असोज २४, बुधबार
  • 1.5K
    SHARES
  • रोहितको कीर्तिमानी शतकमा भारतको सानदार जित

    विश्वकपमा रोहित शर्माको सातौं शतक प्रहार गरेको छन् । आज रोहितले पूर्व कप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५/५ शतकको कीर्तिमान तोडेका हुन्।

    असोज २४, काठमाडौँ : कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तानमाथि शानदार जीत हासिल गरेको छ। बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको शानदार जित हात पारेको छ।


    भारतको जितमा कप्तान रोहित शर्माले ८४ बलमा  सर्वाधिक १३१ रन बनाएका थिए। विश्वकपमा रोहित शर्माको सातौं शतक प्रहार गरेको छन्। आज रोहितले पूर्व कप्तान सचिन तेन्दुलकरको ६, श्रीलंकाका पूर्वकप्तान कुमार संगाकारा र रिंकी पोन्टिङको ५/५ शतकको कीर्तिमान तोडेका हुन्। यस्तै, विराट कोहलीले नट आउट ५५ रन,ओपनर इशान किसनले ४७ रन र श्रेयस ऐयरले  नटआउट रहँदै २५ रन बनाएका थिए। 


    बलिङमा अफगानिस्तानका राशिद खानले २ विकेट लिएका थिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो। टोलीका लागि कप्तान हसमतुल्लाह शाहीदीले सर्वाधिक ८० रन र अज्मतुल्लाह ओमाजारीले ६२ रन बनाएका थिए।

    बलिङमा भारतका लागि जसप्रित बुमराहले ४ विकेट र हार्दिक पाण्ड्याले २ विकेट लिएका थिए। जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जीत हो। पहिलो खेलमा भारतले अस्ट्रेलियालाई हराएको थियो।

    भारतले अब शनिबार पाकिस्तानसँग खेल्नेछ भने अफगानिस्तानले अब आइतबार इंग्ल्यान्डसँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ