२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य

images

  • २०८० असोज २५, बिहीबार
  • 886
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप :  दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई दियो ३१२ रनको लक्ष्य

    दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा लगातार दोस्रो शतक हानेका छन्।

    असोज २५, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल भइरहेको छ। दक्षिण अफ्रिकाले अष्ट्रेलियासामु जितका लागि ३१२ रनको लक्ष्य प्रस्तुत गरेको छ। लखनऊमा टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३११ रन बनाएको थियो।

    दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाएका छन्। दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा लगातार दोस्रो शतक हानेका छन्। डी ककले  १ सय ९ रन बनाएका थिए। यस्तै, एडन मारक्रमले ५६ रन र कप्तान तेम्बा बभुमाले ३५ रन बनाएका थिए।रेस्सी वेन डेर डुसनले २६ रन जोडेका थिए भने हेनरिच क्लासेनले २९ रनको योगदान दिँदा मार्को जेनसेनले २६ रन बनाएका थिए।

    बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २/२ विकेट लिएका थिए। जोश हेजलवुड र प्याट कमिन्सले १/१ विकेट लिएका थिए।

     

    दक्षिण अफ्रिका अङ्क तालिकाकाे चाैथाे स्थानमा छ भने अस्ट्रेलिया साताैँ स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ