२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
विश्वकप छनोट २०२६

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

images

  • २०८० असोज २५, बिहीबार
  • 1.2K
    SHARES
  • विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

    असोज २५, काठमाडौँ : विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन्।

    त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका हुन्। खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो। खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए। उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भएका थिए। सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरेका थिए।

    खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए। उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन्।

    पहिलो चरणको विश्वकप छनोट दुई लेगको फम्र्याटमा खेलाइएको हो। जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुनेछ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ