२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित

images

  • २०८० असोज २६, शुक्रबार
  • 891
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : दक्षिण अफ्रिकासँग अष्ट्रेलिया १३४ रनले पराजित

    असोज २६, काठमाडौँ :  दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियामाथि १ सय ३४ रनको सानदार जित हात पारेको छ। दक्षिण अफ्रिका लगातार दोस्रो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ।


    लखनउमा हिजो भएको खेलमा जितका लागि ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४० ओभर ५ बलमा १ सय ७७ रनमा अलआउट भयो। उसका मार्नस लाबुसेनले सर्वाधिक ४६ रन बनाएका थिए । मिचेल स्टार्क २७ रनमा र प्याट कमिन्स २२ रनमा आउट भएका थिए।

    बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिएका थिए। मार्को यानसन, केशव महाराज र तबरेज शाम्सीले समान २/२ विकेट लिएका थिए।

    टस हारेर पहिला ब्याटिङ गरेको अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३११ रन बनाएको थियो।

    दक्षिण अफ्रिकाका क्विन्टन डी ककले शतक बनाएका छन्। दक्षिण अफ्रिकाका बायाँ हाते ओपनर क्विन्टन डि ककले आइसिसी विश्वकप २०२३ मा लगातार दोस्रो शतक हानेका छन्। डी ककले  १ सय ९ रन बनाएका थिए। यस्तै, एडन मारक्रमले ५६ रन र कप्तान तेम्बा बभुमाले ३५ रन बनाएका थिए।रेस्सी वेन डेर डुसनले २६ रन जोडेका थिए भने हेनरिच क्लासेनले २९ रनको योगदान दिँदा मार्को जेनसेनले २६ रन बनाएका थिए।

    बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २/२ विकेट लिएका थिए। जोश हेजलवुड र प्याट कमिन्सले १/१ विकेट लिएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ