असोज २६, काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज बङ्गलादेश र न्युजिल्यान्डबीच खेल भइरहेको छ। बङ्गलादेशले न्युजिल्यान्डसामु जितका लागि २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
चेन्नईमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो। बङ्गलादेशका मुशफिकर रहिमले ६६ रन, महमुदुल्लाहले नटआउट ४१ रन र कप्तान शाकिब अल हसनले ४० रन बनाएका थिए।
बलिङमा न्युजिल्यान्डका लकी फर्गुसनले ३ तथा ट्रेन्ट बोल्ट र म्याट हेनरीले २/२ विकेट लिएका थिए।



