२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

खेलाडीहरुले खेल क्षेत्रमा भविष्य देख्नुपर्छः मुख्यमन्त्री शर्मा

images

  • २०८० चैत ७, बुधबार
  • 516
    SHARES
  • खेलाडीहरुले खेल क्षेत्रमा भविष्य देख्नुपर्छः मुख्यमन्त्री शर्मा

    कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले खेलाडीले खेल क्षेत्रमा नै भविष्य देख्नुपर्ने बताउनुभएको छ । सुर्खेतमा प्रस्तावित इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा उद्यानको आज वीरेन्द्रनगर सुर्खेतमा शिलान्यास गर्दै उहाँले खेल क्षेत्रमा खेलाडीले भविष्य देख्न सके मात्र अपेक्षित सफलता हासिल प्राप्त हुन सक्छ भन्नुभयो। 

    मुख्यमन्त्री शर्माले भन्नुभयो, “खेलमा खेलाडीहरुको जीवन छ भन्ने वातावरण सरकारले बनाउँछ । त्यसमा प्रदेश सरकार प्रतिबद्ध छ । खेलाडीहरुको प्रोत्साहनका लागि सरकारले प्रतिखेलाडी प्रतिदिन रु एक हजार दुई सय भत्ता उपलब्ध गराउँदै आएको छ ।”

    प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण जोड दिएको बताउँदै उहाँले प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा खेलकुदका आवश्यक योजनाहरु समेटिने जानकारी दिनुभयो । कर्णालीको भविष्यको कोसेढुङ्गाको निर्माण हुँदै गरेको प्रदेश रङ्गशाला निर्माणको कार्य तीव्ररुपमा भइरहेको जनाउँदै उहाँले भन्नुभयो, “आगामी मङ्सिरमा कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका साथै यहाँका ७९ स्थानीय तहमा खेलकुदको पूर्वाधार विकासका योजना अगाडि बढाउँछौँ ।”

    कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्कको परिषद्मार्फत कार्यान्वयनमा ल्याउने गरी आयोजनाको जिम्मा अभियान कन्स्ट्रक्सन काठमाडौँले लिएको जानकारी दिनुभयो । रु चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा उद्यान निर्माण, माटो कटिङ तथा लेबलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, पक्की र इन्डोर क्रिकेट निर्माणको कार्य चालु आवको असारमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको छ । वीरेन्द्रनगरको कालिञ्चोकमा पनि क्रिकेट र रग्वी खेलका लागि मैदान यहाँका दशै जिल्लाका विभिन्न खेलका भौतिक संरचना निर्माणका काम भइरहेका छन् । मुख्यमन्त्री शर्माले सुर्खेतमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशालाको अनुगमन गरी निर्माणको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ