२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप : न्युजिल्याण्डसँग बंगलादेश ८ विकेटले पराजित

images

  • २०८० असोज २६, शुक्रबार
  • 1.1K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : न्युजिल्याण्डसँग बंगलादेश ८ विकेटले पराजित

    असोज २६, काठमाडौँ : न्युजिल्याण्डले आइसिसी विश्वकप २०२३ मा बंगलादेशमाथि ८ विकेटको सानदार जित हात पारेको छ। न्युजिल्याण्ड लगातार तेस्रो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। 

    जितका लागि बंगलादेशले दिएको लक्ष्य २४६ रन पाकिस्तानले ४२ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो। कनवेले ४५ रन र डेयरल मिचेलले नटआउट रहँदै ८९ रन बनाएका थिए। यता कप्तान विलियमसन ७८ रन बनाउँदै रिटायर्ड हर्ट भएर मैदान छाडेका थिए।

    चेन्नईमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४५ रन बनाएको थियो। बङ्गलादेशका मुशफिकर रहिमले ६६ रन, महमुदुल्लाहले नटआउट ४१ रन र कप्तान शाकिब अल हसनले ४० रन बनाएका थिए।

    बलिङमा न्युजिल्यान्डका लकी फर्गुसनले ३ तथा ट्रेन्ट बोल्ट र म्याट हेनरीले २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ