२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानले भारतलाई दियो १ सय ९२ रनको लक्ष्य

images

  • २०८० असोज २७, शनिबार
  • 811
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानले भारतलाई दियो १ सय ९२ रनको लक्ष्य

    असोज २७, काठमाडौं : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल भइरहेको छ। पाकिस्तानले भारतसामु जितका लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले १ सय ९१ रनमा अलआउट भएको थियो।

    पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाएका थिए। यस्तै, मोहम्मद रिजवानले ४९ रन, इमाम उल हकले ३६ रन, अब्दुल्लाह सफिकले २० रन र हसन अलीले १२ रन बनाएका थिए। अन्य खेलाडीले भने दुई अंकको रन जोड्न सकेनन्।  

    बलिङमा भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ