२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एकदिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : भारतको सानदार जित

images

  • २०८० असोज २७, शनिबार
  • 1.1K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : भारतको सानदार जित

    असोज २७, काठमाडौं : भारतले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ७ विकेटको सानदार जित हात पारेको छ। भारत लगातार तेस्रो जितका साथ अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ। 

    जितका लागि पाकिस्तानले दिएको १९२ रन लक्ष्य भारतले ३० ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। भारतका लागि कप्तान रोहित शर्माले ६३ बलमा  सर्वाधिक ८६ रन बनाएका थिए। यस्तै, शुभमन गिल र विराट कोहलीले समान १६ रन बनाएका थिए। नटआउट श्रेयस ऐयरले ५३ रन र केएल राहुल १९ रन बनाएका थिए। 

    बलिङमा पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट र हसन अली १ विकेट लिएका थिए।

    नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले १ सय ९१ रनमा अलआउट भएको थियो।

    पाकिस्तानका लागि कप्तान बाबर आजमले ५० रन बनाएका थिए। यस्तै, मोहम्मद रिजवानले ४९ रन, इमाम उल हकले ३६ रन, अब्दुल्लाह सफिकले २० रन र हसन अलीले १२ रन बनाएका थिए। अन्य खेलाडीले भने दुई अंकको रन जोड्न सकेनन्।  

    बलिङमा भारतका जसप्रित बुम्राह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र कुलदीप यादवले समान २/२ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ