२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टी-२० सिरिज : नेपाल र आयरल्याण्डबीचकाे दोस्रो खेल आज

images

  • २०८० चैत १३, मंगलबार
  • 641
    SHARES
  • टी-२० सिरिज : नेपाल र आयरल्याण्डबीचकाे  दोस्रो खेल आज

    काठमाडौँ : आज नेपाल र आयरल्याण्ड ‘ए’ बिचको दोस्रो टी–२० क्रिकेट खेल हुँदैछ। खेल दिउँसो १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ। 

    नेपाल भ्रमणमा आएको आयरल्याण्डको ‘ए’ टिमले हिजोदेखि नेपालको सिनियर टोलीसँग टी–२० श्रृंखला खेलिरहेको छ। पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आयरल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो।
    नेपालका कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० तथा आसिफ शेखले १६ रन जोडेका थिए। आयरल्याण्डका लागि ग्यारेथ डीलेनीले २ तथा बेन ह्वाइट र थोमस माएसले १–१ विकेट लिएका थिए।

     
    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १२१ रन बनाएको थियो। नेपालले आउदै गरेको विश्वकपको अभ्यासको रुपमा यस खेलहरु खेलि रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ