२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : अफगानिस्तानले इङ्ग्ल्यान्डलाई दियो २ सय ८५ रनको लक्ष्य

images

  • २०८० असोज २८, आइतबार
  • 716
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : अफगानिस्तानले इङ्ग्ल्यान्डलाई दियो २ सय ८५ रनको लक्ष्य

    असोज २८, काठमाडौं : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डसामु जितका लागि दुई सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    भारतको दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८४ रनको योगफल बनायो । अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाएका थिए। गुरबाज र इब्राहिम जद्रानले ११४ रनको साझेदारी गरेका थिए। यस क्रममा इब्राहिमले २८ रन र इक्रम अलीखिलले ५८ रन बनाएका थिए।

    यस्तै, मुजिब उर रहमानले २८ रन बनाएका थिए। राशिद खानले २३ रन, हश्मातुल्लाह शाहिदीले १४ रन, आजमतुल्लाह ओमरजाईले १९ रन र मोहम्मद नाबीले ९ रन बनाएका थिए। 

    बलिङमा इङ्ग्ल्यान्डका आदिल राशिदले ३, मार्क वुडले २ तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ