२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

इंग्ल्याण्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

images

  • २०८० असोज २८, आइतबार
  • 696
    SHARES
  • इंग्ल्याण्डविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

    असोज २८, काठमाडौं : अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डमाथि ६९ रनको सानदार जित हात पारेको छ। दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा भएको खेलमा जितका लागि २ सय ८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४० ओभर ३ बलमा २ सय १५ रनमा अलआउट भयो।

    इंग्ल्यान्डका ह्यारी ब्रुकले ६१ बलमा सर्वाधिक ६६ रन बनाएका थिए। ब्रुक बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। त्यस्तै, डेविड मलानले ३२ रन तथा आदिल रसिदले २० रन बनाएका थिए। अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाएका थिए।

    बलिङमा अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले समान ३/३ तथा मोहमद नाबीले २ विकेट लिएका थिए।

    आज टस हारेर पहिला ब्याटिङ गर्दै अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८४ रनको योगफल बनायो। अफगानिस्तानका लागि रहमान उल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाएका थिए। गुरबाज र इब्राहिम जद्रानले ११४ रनको साझेदारी गरेका थिए। यस क्रममा इब्राहिमले २८ रन र इक्रम अलीखिलले ५८ रन बनाएका थिए।

    यस्तै, मुजिब उर रहमानले २८ रन बनाएका थिए। राशिद खानले २३ रन, हश्मातुल्लाह शाहिदीले १४ रन, आजमतुल्लाह ओमरजाईले १९ रन र मोहम्मद नाबीले ९ रन बनाएका थिए। 

    बलिङमा इंग्ल्यान्डका आदिल राशिदले ३, मार्क वुडले २ तथा जो रुटल, रिस टोप्ली र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिएका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ