२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
नेपाल-राष्ट्रिय–क्रिकेट

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

images

सत्कार खबर
  • २०७९ कात्तिक २६, शनिबार
  • 421
    SHARES
  • रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

    २५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुत्तफ् गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

    नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा क्यानले नयाँ कप्तान नियुक्त गरेको हो ।
    रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।

    रोहितले नेपालको यू-१९ उमेर समूहको कप्तानी गरेका थिए । क्रिकेट संघले शुक्रबार नै नेपाली टिमको घोषणा गरेको छ, जसमा हरिशंकर साहले पनि स्थान बनाएका छन् ।

    ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ् शेख, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी, आसिफ् शेख, भीम सार्की, कमल सिंह ऐरी, आदिल खान, अर्जुन साउद र गुल्सन भफ पनि टोलीमा छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ