२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आयरल्याण्ड ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

images

  • २०८० चैत २१, बुधबार
  • 711
    SHARES
  • आयरल्याण्ड ‘ए’ विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

    काठमाडौँ : आयरल्याण्ड ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिम टस हारेर  बलिङमा उत्रिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु खेलमा आयरल्याण्ड ‘ए’का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए।

    आज नेपाल ‘ए’को प्लेइङ एघारमा कप्तान विनोद भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, मौसम ढकाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल ऐरी, सहाब आलम र रिजन ढकाल छन्।

    यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ले नेपाल 'ए' माथि  २–१ को जितले प्रतियोगितामा कब्जा जमाएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ