काठमाडौँ : एकदिवसीय शृंखला अन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’विरुद्ध तेस्रो तथा अन्तिम खेल खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले नेपाल आयरल्यान्डसँग पराजित भएको थियो।
पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो। यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो।
नेपाल ‘ए’को टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन्।
आयरल्यान्ड ‘ए’ को टोली स् निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट रहेका छन्।



