काठमाडौँ : भारतमा जारी त्रिकोणात्मक टी–२० फ्रेन्डसिप कपको फाइनलमा आज नेपालले भारतको गुजरात क्रिकेट एसोसियसनलाई १७७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए। यस्तै, ओपनर आसिफ शेख ३४ रन, कुशल भुर्तेल १९ रनकुशल मल्लले ३१ रन, सन्दीप जोरा ७ रन तथा दीपेन्द्रसिंह ऐरी ७ रन बनाएका थिए।
बलिङमा गुजरातका लागि स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले समान १–१ विकेट लिएका थिए।
नेपाली टिममा रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनास बोहरा रहेका छन्।



