२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुजरातमाथि लखनउको सानदार जित, ठाकुरको उत्कृष्ट बलिङ

images

  • २०८० चैत २६, सोमबार
  • 711
    SHARES
  • गुजरातमाथि लखनउको सानदार जित, ठाकुरको उत्कृष्ट बलिङ

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले पराजित गरेको छ जितसंगै लखनऊ ४ खेलमा ३ जित सहित तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ।

    लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १३० रन बनायो। गुजरातका लागि साई सुदर्शनले ३१ रन, राहुल तिवटियाले ३० रन, शुभमन गिल १९ र विजय शंकर १७ रन बनाएका थिए।

    बलिङमा लखनउका लागि यश ठाकुर एक्लैले ५ विकेट लिएका थिए भने क्रुनाल पान्ड्या ३, नवीन उल हक र रवि विश्रोईले एक/एक विकेट लिएका थिए।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लखनउ सुपर जाएन्ट्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाएका थिए। यस्तै, निकोलस पुरन ३२ रन, लोकेश राहुल ३३ रन, आशुष बदोनी २० रन तथा क्विन्टन डी कक ६ रन बनाएका थिए।

    बलिङमा लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले समान २/२ विकेट लिएएका थिए। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ