२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

आईपीएलमा चेन्नईसँग कोलकत्ता ७ विकेटले पराजित

images

  • २०८० चैत २७, मंगलबार
  • 586
    SHARES
  • आईपीएलमा चेन्नईसँग कोलकत्ता ७ विकेटले पराजित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ। कोलकाताको आईपीएलमा यो पहिलो हार हो। जितसँगै चेन्नईको ५ खेलमा ३ जित सहित चौँथो स्थानमा छ भने कोलकत्ता पनि ५ खेलमा ३ जित सहित दोस्रो स्थानमा छ।

    गएराति भएको खेलमा कोलकात्ताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नईले १७.४  ओभर मा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ६७ रन बनाएका थिए। यस्तै, रचिन रविन्द्र १५ रन, डर्याल मिचेल २५ रन र शिवम दुबेले २८ रन बनाएका थिए।

    बलिङमा कोलकाताका लागि वैभव आरोराले २ विकेट र सुनिल नारायणले १ विकेट लिएका थिए।

    त्यसअघि चेन्नाइको घरेलु मैदानमा चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। कोलकत्ताका लागि श्रेयस ऐयरले सर्वाधिक ३४ रन बनाएका थिए। यस्तै, सुनिल नारायण २७ रन, रगुवंशी २४ रन, आन्द्रे रसेल १० रन र रिंकु सिंह ९ रन बनाएका थिए।

    बलिङमा चेन्नाइका लागि तुषारदेशपाण्डे र रवीन्द्र जडेजाले समान ३/३ विकेट तथा मुश्ताफिजुर रहमानले २ र महेश थिक्सेनाले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ