काठमाडौं : टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपाल आउने भएको छ। आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज ए सँग ५ टी–२० सिरिज खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएको छ। क्यानका अनुसार नेपाल र वेस्ट इन्डिजको टोलीबिच कीर्तिपुर मैदानमा पाँच टी–२० अभ्यास खेल हुनेछ। वेस्ट इन्डिजको टोली अप्रिल २५ देखि मे ५ तारिखसम्म काठमाण्डौमा रहनेछ भने यहि बीचमा पाँच वटा टी–२० सिरिज खेल हुनेछन्।
नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ भने दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे तथा पाचौं ४ मे मा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ।



