कात्तिक ४, काठमाडौं : नेपालले एसिसी यू १९ प्रिमियर कपको सेमिफाइनल खेलमा आज शनिबार जापानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ७ स् १५ मा बायोमास ओभलमा सुरु हुनेछ। नेपालको कप्तानी देव खनाल र जापानको कोजी हार्डग्रेभ एबीले गर्नेछन्। नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन्।
नेपाल समूह ए को विजेता र जापान समूह डि को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्। समूह चरणमा नेपाल अपराजित रहेको छ। नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रन र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो।
यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ३ सय २ रनले हराएको थियो। आजै हुने अर्को सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ भने फाइनल मंगलबार हुनेछ।
फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन्।



