२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरु हुँदै, नेपालले मलेसियासँग खेल्दै

images

  • २०८० चैत ३०, शुक्रबार
  • 676
    SHARES
  • एसीसी प्रिमियर कप आजदेखि ओमानमा सुरु हुँदै, नेपालले मलेसियासँग खेल्दै

    काठमाडौँ : आजदेखि ओमानमा एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ भने आज एकैदिन चार वटा खेल हुँदैछन्। प्रतियोगिता आज बिहान पौने १२ बजे ओमान र बहराइन तथा यूएई र कुवेतबीच खेल हुनेछ भने सवा ४ बजे हङकङ र कतार तथा नेपाल र मलेसिया खेल्नेछन्।

    नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ। खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ। उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ।

    नेपालले दोस्रो खेल कतारसँग वैशाख १ गते शनिबार, तेस्रो खेल हङकङसँग वैशाख  ३ गते साेमबार र चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते बुधबार खेल्नेछ। 

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

    ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष ३ देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

    नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा रहेका छन्।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ