२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपाल र हङकङ भिड्दै

images

  • २०८० कात्तिक ४, शनिबार
  • 756
    SHARES
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपाल र हङकङ भिड्दै

    कात्तिक ४, काठमाडौं : त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन्। खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ। 

    अघिल्ला दुई खेलमा लगातार जित हात पारेको नेपाल आज हङकङलाई हराएमा शृङ्खलाको फाइनलमा पुग्नेछ। पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै, दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

    आईसीसी टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले त्रिदेशीय शृङ्खलाको आयोजना गरेको हो। टी–२० विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।​ शृङ्खलाको फाइनल खेल आउँदो १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ