२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसीसी प्रिमियर कप

टस हारेर नेपालले मलेसिया विरुद्ध पहिले बलिङ गर्दै

images

  • २०८० चैत ३०, शुक्रबार
  • 746
    SHARES
  • टस हारेर नेपालले मलेसिया विरुद्ध पहिले बलिङ गर्दै

    काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले टस हरेर बलिङ गर्ने भएको छ। ओमानको अल अमरेत मैदानमा १ मा मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई बलिङ गर्ने भएको हो ।

    नेपालको प्लेइङ ११मा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन्। 

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ