२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसीसी प्रिमियर कप २०२४

कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

images

  • २०८१ वैशाख १, शनिबार
  • 646
    SHARES
  • कतारविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ। नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ जसमा करण केसीको ठाउँमा विवेक यादवलाई मौका दिएको छ। 

    ओमानको अल अमरेत क्रिकेट मैदान-१ मा नेपाली समय अनुसार सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो। पहिलो खेलमा मलेसियालाई नेपालले ५ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा कतारले हङकङसँग २६ रनले पराजित भएको थियो।

    नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, सोमपाल कामी, ललित राजवंशी र अविनाश बोहरा रहेका छन्।

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ