२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कतारलाई नेपालले दियो २११ रनको लक्ष्य, दीपेन्द्रद्वारा अन्तिम ओभरमा ६ छक्का प्रहार

images

  • २०८१ वैशाख १, शनिबार
  • 806
    SHARES
  • कतारलाई नेपालले दियो २११ रनको लक्ष्य, दीपेन्द्रद्वारा अन्तिम ओभरमा ६ छक्का प्रहार

    काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको थियो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४ रन बनाएका थियो। नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन्। उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन्। पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको ६ बलमा ऐरीले ६ छक्का प्रहार गरेका थिए।

    यस्तै, आसिफ शेखले ५२ रन, कुशल मल्लले ३५ रन,  रोहित पौडेलले १८ रन, कुशल भुर्तेलले १२ रन, गुलशन झाले ५ रन र सन्दीप जोराले  ७ रन तथा विवेक यादवले ५ रन बनाएका थिए।

    बलिङमा कतारका लागि हिमांशु राठोड र मुसावर शाह सामना ३/३ विकेट तथा अमिर फारुक १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ