काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको छ। जितसंगै राजस्थान ६ खेलमा १० अंकसहित शीर्षस्थानमा छ भने समान खेलबाट ४ अंकसहित पन्जाब ८औं क्रममा छ।
पञ्जाबले दिएको १४८ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाएर गुमाएर पूरा गर्यो। राजस्थानका लागि यसस्वी जैसवालले सर्वाधिक ३९ रन बनाएका थिए। यस्तै, तानुस कोटिले २४ रन, सन्जु सामसनले १८ रन, रियान परागले २३ रन तथा सिमरन हेटमेरले अविजित २७ रन बनाएका थिए।
बलिङमा पन्जाबका लागि कागिसो राबडा र साम कुरानले समान २/२ तथा अर्सदीप सिंह, लिम लिभिङटन र हर्सल पटेलले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेट गुमाएर १४७ रन बनाएको थियो। पन्जाबका लागि अशुतोष शर्माले ३१ रन, जितेश शर्माले २९ रन, लिभिङटनले २१ रन, अर्थभ टेडी र जोनी ब्रेस्टोले समान १५/१५ रन बनाएका थिए।
राजस्थानका अभेस खान, केशव महाराजले समान २/२ विकेट तथा ट्रेन्ट बोल्ट, कुलदिप सेन र युजभेन्द्र चाहालले समान १/१ विकेट लिएका थिए।



