२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसिसी प्रिमियर कप

एसिसी प्रिमियर कपमा आज हङकङसँग खेल्दै नेपाल

images

  • २०८१ वैशाख ३, सोमबार
  • 626
    SHARES
  • एसिसी प्रिमियर कपमा आज हङकङसँग खेल्दै नेपाल

    काठमाडौँ : ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै छ। खेल बिहान पौने १२ बजे ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ। 

    दुवै खेल जित सहित नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ भने एक खेलमा मात्र जित सहित हङकङ चौथो नम्बरमा छ। नेपाल हङकङलाई पराजित गर्दै लगातार तेस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।

    यसअघि नेपालले जारी प्रतियोगितामा मलेसियालाई ५ विकेटले हराएको थियो तथा कतारलाई ३२ रनले पराजित गरेको थियो। यस्तै, हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो।
    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ। नेपालले अब अन्तिम खेल वैशाख ५ गते बुधबार साउदी अरेबियासँग खेल्नेछ। 

    ओमानमा जारी यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष ३ देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

    नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ