२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

प्रभु बैंकको नयाँ शाखा कार्यालय पोखराको नयाँगाउँमा सञ्चालन, देशभर शाखा संख्या ३ सय २ पुग्यो

images

  • २०८१ वैशाख ३, सोमबार
  • 1.1K
    SHARES
  • प्रभु बैंकको नयाँ शाखा कार्यालय पोखराको नयाँगाउँमा सञ्चालन, देशभर शाखा संख्या ३ सय २ पुग्यो

    पोखरा : प्रभु बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ। बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार कास्की जिल्लाको पोखरा महानगर १५ स्थित नयाँगाउँमा आफ्नो देशव्यापी ३०२ औं शाखा तथा गण्डकी प्रदेशको ५४औँ शाखा खोली सञ्चालनमा ल्याएको हो।

    बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गर्नु भएको हो। बैंकको नयाँगाउँमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी शान्ति शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलिएको हो। 

    बैंकको नयाँगाउँ शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायीक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धकधइ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकको विश्वास छ।

    प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई विश्वास लिन्छौं, विश्वास दिन्छौं भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत् गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ