२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

रनको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी, बेङ्गलुरु २५ रनले पराजित

images

  • २०८१ वैशाख ४, मंगलबार
  • 631
    SHARES
  • रनको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी, बेङ्गलुरु २५ रनले पराजित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल)मा इतिहासकै सर्वाधिक रन बनाएको खेलमा सनराइजर्स हैदरावाद २५ रनले विजयी भएको छ। जितसँगै हैदराबादको ६ खेलमा ८ अङ्क सहित चौथाे स्थानमा छ भने बेङ्गलुरु ७ खेलमा २ अङ्कका साथ दशौं स्थानमा छ।

    गए राति हैदराबादले दिएको २८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २० ओभरमा ७ विकेट गुमाएर मात्र २६२ रन बनायो। यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो। बेंग्लोरका लागि दिनेश कार्तिकले विस्फोटक ब्याटिङ गर्दै ८३ रन बनाएका थिए। यस्तै, फाप डु प्लेसिसले ६२ रन, विराट कोहलीले ४२ रन, अनुज रावतले २५ रन तथा महिपाल लोमरोरले १९ रन बनाएका थिए। 

    बलिङमा हैदराबादका लागि प्याट कमिन्सले ३ विकेट, म्यांक मार्कान्डेले २ विकेट तथा टि-नटराजनले १ विकेट लिएका थिए।

    त्यसअघि एम चिन्नास्वामी स्टेडियम बेंग्लोरमा टस हारेर पहिला ब्याटिङको गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो। जुन आईपीएल इतिहासको सबैभन्दा धेरै योगफल हो। 

    हैदराबादका लागि हेडले  १०२ रनको सानदार शतकीय इनिङ खेलेका थिए। यस्तै, हेनरिक क्लासेनले ६७ रन, अभिषेक शर्मा ३४ रन, एडेन माक्ररमले ३२ रन तथा अब्दुल सामदले ३७ रन बनाएका थिए।

    बलिङमा बेंग्लोरका लोकी फर्गुसनले २ विकेट तथा रिस टोप्लीले १ विकेट लिएका थिए। यसअघि मुम्बई इन्डियन्ससँगको खेलमा २ सय ७७ रन बनाएको हैदराबादले हिजो बेङ्गलुरुसँगको खेलमा २ सय ८७ रन बनायो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ