२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
एसीसी प्रिमियर कप २०२४

लगातार चौथो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग खेल्दै

images

  • २०८१ वैशाख ५, बुधबार
  • 596
    SHARES
  • लगातार चौथो जितको खोजीमा नेपाल, आज साउदी अरेबियासँग खेल्दै

    काठमाडौं : एसीसी प्रिमियर लिगमा नेपाल आज समूह चरणको अन्तिम खेल खेल्दैछ । नेपालले आज साउदी अरेबियासँग खेल्नेछ। खेल ११ : ४५ बजे सुरु हुनेछ।

    समूह चरणको अन्तिम खेलअगावै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम-४ को यात्रा निश्चित गरेको हो।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो। शनिबार कतारविरुद्ध ३२ रनको जित निकालेको नेपालले त्यसअघिको खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।

    लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २ देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।

    ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी–२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष ३ देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ