काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्। नेपाली क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी २० वरीयतातर्फ एसोसिएट राष्ट्रको नम्बर वान अलराउन्डरका रूपमा अगाडि आएका छन्।
आइसीसीले सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११ औ स्थानमा उक्लिएका हुन्। यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै टी–२० अलराउण्डरमा ११औं स्थानमा उक्लिएका हुन्।
यस्तै, दीपेन्द्रले टी-२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्।
ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रियमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका तेस्रो खेलाडी बनेका थिए।
टी–२० ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल भने २ स्थान खस्किदै ५३ औं स्थानमा पुगेका छ्न्। त्यस्तै, आसिफ शेखले पनि उत्कृष्ट छलाङ मार्दै ३६ स्थान सुधार गरेर ७५ औं स्थान पुगेका छ्न्। साथै, कुशल मल्ल ९ स्थान सुधार गरेर शीर्ष १०० औं स्थानमा रहन सफल भएका छन् भने बलिङमा नेपालका कुनै पनि खेलाडीले शीर्ष सयमा स्थान बनाउन सकेका छैनन्।



