२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

आईपीएलमा दिल्लीको तेस्रो जित, गुजरात ६ विकेटले परजित

images

  • २०८१ वैशाख ६, बिहीबार
  • 606
    SHARES
  • आईपीएलमा दिल्लीको तेस्रो जित, गुजरात ६ विकेटले परजित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो तेस्रो जित निकालेको छ भने गुजरात टाइटन्स ६ विकेटले परजित भएको छ। जितसँगै दिल्लीको ७ खेलमा ६ अङ्क सहित छैटौं स्थानमा छ भने गुजरात ७ खेलमा ६ अङ्कका साथ सातौं स्थानमा छ।

    गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन, कप्तान रिसब पन्त १६ रन तथा सुमित कुमारी ९ रन बनाएका थिए।

    बलिङमा गुजरातका लागि सुदीप वारियर २ विकेट, स्पेसर जोन्सन र रासिद खानले समान १/१ विकेट लिएका थिए।


    त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले १७.३ ओभरमा ८९ रन बनाउँदा अलआउट भएको थियो। गुजरातका लागि रासिद खानले ३२ रन, साइ सुर्दशनले १२ र राहुल टावाटियाले १० रन बनाएका थिए। अन्य कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

    बलिङमा दिल्लीका लागि मुकेश कुमारले ३ विकेट, इशान्त शर्मा र ट्रिस्टन स्टुबले समान २/२ विकेट तथा खलिल अहमद र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ