२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

images

  • २०८१ वैशाख ६, बिहीबार
  • 651
    SHARES
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा यूएईसँग भिड्दै नेपाल

    काठमाडौं : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईसँग खेल्ने भएको छ। गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका साविकको विजेता नेपाल र यूएईले यस पटक भने सेमिफाइनलमै खेल्ने भएका हुन्।

    समूह 'ए' को विजेता नेपालले समूह 'बी' को उपविजेता बनेको युएईसँग फाइनल प्रवेशका लागि शुक्रबार प्रतिस्पर्धा गर्ने भएको छ। अर्को सेमिफाइनलमा भने समूह 'बी' को विजेता ओमान र समूह 'ए' को उपविजेता हङकङबीच प्रतिस्पर्धा हुनेछ।


    पहिलो सेमिफाइनल खेल शुक्रबार बिहान पौने १२ बजे नेपाल र यूएईबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल दिउँसो सवा ४ बजे ओमान र हङकङबीच हुनेछ।

    प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ भने फाइनल खेल भने आइतबार हुनेछ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ