२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

images

  • २०८१ वैशाख ७, शुक्रबार
  • 471
    SHARES
  • पञ्जाबमाथि मुम्बईको रोमाञ्चक जित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले आफ्नो तेस्रो जित निकालेको छ भने पञ्जाब किंग्स ९ रनले परजित भएको छ। जितसँगै मुम्बईको ७ खेलमा ६ अङ्क सहित सातौं स्थानमा छ भने पञ्जाब ७ खेलमा ४ अङ्कका साथ नवौं स्थानमा छ।

    मुम्बईले दिएको ९० रनको लक्ष्य पञ्जाबले १९.१ ओभरमा अल आउट हुँदै मात्र १८३ रन बनायो। पञ्जाबक लागि आशुतोष शर्माले विस्फोटक ब्याटिङ गर्दै २८ बलमा ६१ रन बनाएका थिए। त्यस्तै शशांक सिंहले ४१ रन, हरप्रित ब्रारले २१ रन र हरप्रित सिंहले १३ रन बनाएका थिए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    बलिङमा मुम्बईका लागि जसप्रित बुमराह र जेराल्ड कोत्जीले समान ३/३ विकेट तथा आकाश माधवल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो। मुम्बईका लागि सूर्य कुमारले सर्वाधिक ७८ रन बनाएका थिए। यस्तै, रोहित शर्माले ३६ रन, तिलक बर्माले ३४ रन, टिम डेविडले १४ रन तथा हार्दिक पाण्ड्याले १० रन बनाएका थिए।


    बलिङमा पञ्जाबका लागि हर्षल पटेलले ३ विकेट, साम करणले २ विकेट तथा कगिशो रबाडाले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ