काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले आफ्नो पाँचौं जित निकालेको छ भने दिल्ली ६७ रनले परजित भएको छ। जितसँगै हैदराबादको ७ खेलमा १० अङ्क सहित दोस्रो स्थान उक्लिएको छ भने दिल्ली ८ खेलमा ६ अङ्कका साथ सातौं स्थानमा छ।
हैदराबादले दिएको २६७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभर मा सबै विकेट गुमाएर मात्र १९९ रन मात्रै बनाउन सक्यो। दिल्लीका लागि ज्याक फ्रेजर म्याकगुर्कले सर्वाधिक ६५ रन, ऋषभ पन्त ४४ रन, अभिषेक पोरल ४२ रन तथा पृथ्वी शा १६ रन बनाएका थिए।
बलिङमा हैदराबादका लागि टी नटराजनले ४ विकेट, मयंक मारकंडे र नितेश रेड्डीले समान २/२ विकेट तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले समान १/१ विकेट लिएका थिए।
त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो। हैदराबादका ट्रविस हेडले सर्वाधिक ८९ रन बनाएका थिए। यस्तै, अभिषेक शर्माले ४६ रन, शहबाज अहमदले ५९ रन, हेनरिक क्लासेन ३७ तथा अब्दुल सामदले १३ रन बनाएका थिए।
बलिङमा दिल्लीका कुलदीप यादवले ४ विकेट तथा मुकेश कुमार र अक्षर पटेलले १/१ विकेट लिएका थिए।
यसअघि हैदराबादले मुम्बईविरुद्ध २७७ रन तथा बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो।



