काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले आफ्नो चौथो जित निकालेको छ भने पञ्जाब ७ विकेटले परजित भएको छ। जितसँगै गुजरातको ८ खेलमा ८ अङ्क सहित छैटौं स्थान छ भने पञ्जाब ८ खेलमा ४ अङ्कका साथ नवौं स्थानमा छ।
पञ्जाबले दिएको १४३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाएका थिए। यस्तै, शुभमन गिलले ३५ रन, साई सुदर्शनले ३१ रन तथा अजमातुल्लाह उमरजाई र ऋद्धिमान साहले समान १३/१३ रन बनाएका थिए।
बलिङमा पञ्जाबका लागि हर्शल पटेलले ३ विकेट, लियाम लिभिङस्टोन २ विकेट तथा अर्शदीप सिंह र साम कुरानले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनाएको थियो। पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन, हरप्रित ब्रारले २९ रन तथा साम कुरानले २० रन बनाएका थिए।
बलिङमा गुजरातका साई किशोरले सर्वाधिक ४ विकेट, नूर अहमद र मोहित शर्माले समान २/२ विकेट लिएका थिए।



