२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालसँग खेल्ने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

images

  • २०८१ वैशाख ११, मंगलबार
  • 451
    SHARES
  • नेपालसँग खेल्ने वेस्टइन्डिज ‘ए’ टोली घोषणा

    काठमाडौँ : नेपालसँग हुने ५ टी– २० शृंखलाका लागि वेस्ट इन्डिजको ए टिमको घोषणा भएको छ। वेस्ट इन्डिजले रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

    वेस्ट इन्डिज टोलीमा रोस्टन चेस (कप्तानी) एलिक एथानाज, फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वाइ, गुडाकेश मोती, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन्।

    नेपालले टि २० विश्वकपको तयारी स्वरुपमा यो शृंखला खेल्ने भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले ५ टी–२० शृंखला खेल्न छन्। खेल तालिका अनुसार सबै खेल दिउँसो १२:४५ बजेबाट शुरू हुने छ।

    शृंखलाको पहिलो खेल वैशाख १५ गते (२७ अप्रिल)मा हुनेछ भने दोस्रो खेल वैशाख १६ गते (२८ अप्रिल), तेस्रो खेल वैशाख १९ गते (मे १), चौथो खेल वैशाख २० गते (मे २), पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते (मे ४) मा हुनेछ।

    आगामी जुनमा हुने विश्वकपको लागि तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

    विश्वकपमा नेपाल समुह डि मा परेको छ भने समुह डि मा नेपाल संगै बंगलादेश, साउथ अफ्रीका,श्रीलंका र नेदरल्याण्ड रहेका छन्।

    यस्तै, समुह एमा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान, अमेरिका रहेका छन् भने समुह बि माअष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान, स्कटल्याण्ड रहेका छन् तथा समुह सी मा अफगानिस्तान, न्युजिल्यान्ड, पीएनजि, युगाण्डा, वेस्टइन्डिज रहेका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ