२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

स्टोइनिसको शतकीय पारीले चेन्नईमाथि लखनउको सानदार जित

images

  • २०८१ वैशाख १२, बुधबार
  • 486
    SHARES
  • स्टोइनिसको  शतकीय पारीले चेन्नईमाथि लखनउको सानदार जित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले आफ्नो सानदार पाँचौं जित निकालेको छ भने चेन्नई ६ विकेटले परजित भएको छ। जितसँगै लखनउको ८ खेलमा १० अङ्क सहित चौथो स्थान छ भने चेन्नई ८ खेलमा ८ अङ्कका साथ पाँचौं स्थानमा छ।

    चेन्नईले दिएको २११ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनउका लागि मार्कस स्टोइनिसले अविजित १ सय २४ शतकीय इनिङ खेलेका थिए। यस्तै, निकोलस पुरनले ३४ रन, दीपक हुडाले १७ रन, देवदत्त पाडिक्कल १३ रन तथा राहुलले १६ रन बनाएका थिए। 


    बलिङमा चेन्नईका लागि मथिसा पाथिरानाले २ विकेट तथा दीपक चाहर र मुश्ताफिजुर रहमानले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो। चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले सर्वाधिक १०८ रनको शतकीय इनिङ खेलेका थिए। यस्तै, शिवम दुबेले ६६ रन, डर्याल मिचेल ११ रन तथा रविन्द्र जडेजाले १६ रन बनाएका थिए।


    बलिङमा लखनउका लागि म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ