२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

गुजरातविरुद्ध दिल्लीको रोमाञ्चक जित, पन्तको उत्कृष्ट ब्याटिङ

images

  • २०८१ वैशाख १३, बिहीबार
  • 466
    SHARES
  • गुजरातविरुद्ध दिल्लीको रोमाञ्चक जित, पन्तको उत्कृष्ट ब्याटिङ

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले परजित गरेको छ। जितसँगै दिल्लीको ९ खेलमा ८ अङ्क सहित छैटौं स्थान छ भने गुजरात ९ खेलमा ८ अङ्कका साथ पाँचौं सातौं छ।

    गएराति भएको खेलमा दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातले ८ विकेट गुमाएर मात्र २२० रन बनायो। गुजरातको लागि साइ सुदर्शनले ६५ सर्वाधिक रन, डेविड मिलर ५५ रन, रिद्दिमान शाहले ३९ रन तथा  राशिद खानले २१ रन बनाएका थिए। 

    बलिङमा दिल्लीका लागि राशिख सलामले ३ विकेट, कुलदीप यादवले २ विकेट तथा मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ८८ रन बनाएका थिए। यस्तै, अक्षर पटेलले ६६ रन, स्टब्सले २६ रन, जेक फ्रेजर म्याकगर्क २३ रन तथा पृथ्वी शा ११ रन बनाएका थिए।

    बलिङमा गुजरातका लागि सन्दिप वारियरले ३ विकेट तथा नुर अहमदले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ